|  

समस्याग्रस्त सहकारीका १२५ बचतकर्ताले पाए रकम फिर्ता

०५ श्रावण, काठमाडौं  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईँ हाम्रो सहकारीका १२५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।

समितिका अनुसार लालीगुराँस सहकारीका ३५ जना र तपाईँ हाम्रो सहकारीका ९० जना बचतकर्ताले पहिलो चरणमा बचत रकम पाएका हुन्। सहकारीबाट असुल भएको ऋण र व्यवस्थापन गरिएको सम्पत्तिबाट प्राप्त रकम बचतकर्तालाई फिर्ता गरिएको समितिले जनाएको छ। पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको र बाँकी बचतकर्तालाई रकमको आधारमा वर्गीकरण गरी क्रमशः भुक्तानी गरिने समितिले जनाएको छ।