|  

राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा

०५ श्रावण, काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मुलुकको राजनीतिमा बढ्दो विकृति र त्यसबाट उत्पन्न नागरिक असन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसके त्यसले विस्फोटको रूप लिनसक्ने चेतावनी दिएका छन् ।

मंगलवार काठमाडौंमा पार्टीका महामन्त्री गुरु घिमिरेद्वारा लिखित पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक प्रणालीप्रति बढ्दो जनअसन्तुष्टिलाई सबैले गम्भीर रुपमा लिनुपर्ने बताए । राजनीतिमा देखिएको विकृतिका कारण नागरिकमा बढ्दो निराशा चिर्न नेपाली काँग्रेस स्वयं अग्रसर हुनुपर्ने उनको भनाइ छ । सभापति थापाले गुरु घिमिरेका लेख र पुस्तकहरूले नागरिकको वास्तविक भावना र काँग्रेसमा तत्कालीन समयमा उठेको पार्टी रूपान्तरणको आवश्यकता उल्लेख गरिएको बताए । 

उनले नागरिक तहसम्म पुग्दै नागरिकका समस्या समाधान गर्ने कुरामा अग्रसर हुन पार्टी कार्यकर्तालाई निर्देशन पनि दिएका छन् । –न्युज एजेन्सी नेपाल