५ श्रावण,काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, साझा स्वामित्व र परिणाममुखी सहकार्य आवश्यक रहेको बताएका छन् ।
सातै प्रदेशका ऊर्जा मन्त्री र सचिव सहभागी बैठकमा उनले समृद्ध नेपालको लक्ष्य तीनै तहका सरकारबीचको सहकार्यबाट मात्र हासिल गर्न सकिने उल्लेख गरेका छन् ।
मन्त्री श्रेष्ठले नदीलाई केवल जलस्रोतका रूपमा नभई सभ्यता, संस्कृति, जैविक विविधता र वातावरणीय सन्तुलनको आधारका रूपमा संरक्षण गर्ने नीति सरकारले लिएको बताए। नदी संरक्षण, वैज्ञानिक व्यवस्थापन र दिगो उपयोगलाई केन्द्रमा राखेर नयाँ जलस्रोत नीति र कानुनी संरचना निर्माण भइरहेको तथा जलस्रोत विधेयक चालु संसद अधिवेशनमै पेश गर्ने तयारी रहेको जानकारी दिए ।
उनले कृषियोग्य जमिनमा वर्षभरि सिँचाइ सुविधा विस्तार, नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा दक्षता वृद्धि, हरित हाइड्रोजन, सौर्य, वायु तथा बायोमास ऊर्जाको विकासमा प्रदेश र स्थानीय सरकारसँग सहकार्य विस्तार गरिने बताए । साथै नदी व्यवस्थापन, बाढी नियन्त्रण, जलाशय संरक्षण र विपद् जोखिम न्यूनीकरणलाई तीनै तहको साझा प्राथमिकता बनाउनुपर्नेमा जोड दिए ।
बैठकमा जलस्रोतको विकास, उपयोग र संरक्षणका लागि संघ, प्रदेश र स्थानीय तहबीच अधिकार, दायित्व र जिम्मेवारी स्पष्ट हुने कानुनी व्यवस्था आवश्यक रहेको निष्कर्ष निकालिएको छ । साथै नवीकरणीय ऊर्जाको विस्तार, ऊर्जा दक्षता अभिवृद्धि र ठूला जलस्रोत आयोजनाको विकासमा तीनै तहका सरकारबीच प्रभावकारी समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा सहमति भएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar