|  

विदेशबाट देउवाको सन्देशःनेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ

६ श्रावण, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।

देउवाले एक सन्देश जारी गर्दै आफू स्वदेश फर्कन लागेको जानकारी गराएका हुन् । उक्त सन्देशमा देउवाले अहिले देशले प्रतिशोध नभइ सहकार्य चाहेको उल्लेख गरेका छन् ।

‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’ देउवाले आफ्नो सन्देशमा भनेका छन् ।