|  

दोलखाको गौरीशंकरमा बाढीपहिरोः एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

६ श्रावण, काठमाडौं ।  दोलखाको गौरीशंकर गाउँपालिका ९ मा आएको बाढीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण स्थानमा रहेका छन् ।

मंगलबार राति गौरीशंकर गाउँपालिका–९ स्थित सिप्रिङ खोलामा आएको बाढीले स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई बगाएको हो । अन्य चार जना जोखिमपूर्ण स्थानमा रहेको स्रोतले जनाएको छ । चसमानको गाई बाख्राको गोठसहित बगाएको छ ।

त्यस्तै बाढीका कारण सिप्रिङ खोला जलबिद्युत केन्द्रमा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्केको र त्यस ठाउँ पनि असुरक्षित रहेको छ।