|  

अफगानिस्तानको नुरिस्तान प्रान्तमा भीषण बाढी, २३ जनाको मृ#त्यु, सयभन्दा बढी बेपत्ता

६ श्रावण, काठमाडौं । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा आएको बाढीका कारण २३ जनाको मृत्यु भएको छ भने एक सयभन्दा धेरै बेपत्ता भएका छन्। 

बाढीपछि उद्धार तथा राहत टोलीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजीमा जुटेका छन्। अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार आएको बाढीमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। ८० जना घाइते भएका छन्।

एक सयभन्दा बढी मानिसहरू अझै बेपत्ता छन्। बाढीका कारण प्रान्तीय राजधानी पारुनलगायत प्रभावित क्षेत्रहरूमा धेरै घर र अन्य भवनहरू ढलेका छन्।

मौसम विभागले आगामी दिनहरूमा भारी वर्षा, चट्याङ, हुरीबतास र बाढी आउनसक्ने आशंका व्यक्त गरेको छ।