|  

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति पुग्यो ?

६ श्रावण, काठमाडौं । ‘बर्डफ्लु’का कारण उत्पादन घटेपछि अण्डाको मूल्य बढेको छ ।

नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४५० बाट ५०० रुपैयाँ, मध्यम ४२० बाट ४७० रुपैयाँ र सानो अण्डामा पनि ५० रुपैयाँ वृद्धि गरेको जनाएको छ।

दैनिक अण्डा उत्पादन ४५ लाखबाट घटेर २८ लाख हाराहारीमा पुगेपछि मागअनुसार आपूर्ति हुन नसक्दा मूल्य बढेको हो।

मूल्य बढे पनि किसानले अझै प्रतिक्रेट ५७३ रुपैयाँ ६० पैसाको लागत मूल्य भने पाउन सकेका छैनन्।