|  

इरानसँगको युद्धमा अमेरिकाले सक्यो ३७.५ अर्ब डलर

६ श्रावण, काठमाडौं । इरानसँगको युद्धमा हालसम्म अमेरिकाले करिब ३७.५ अर्ब अमेरिकी डलर खर्च गरेको छ।

यसको जानकारी अमेरिकी रक्षामन्त्री पिट हेगसेथले गराएका हुन्।  अमेरिकी संसदको सिनेट एप्रोप्रिएसन कमिटी (विनियोजन समिति) मा बोल्दै हेगसेथले आवश्यक अतिरिक्त बजेट स्वीकृत नभए सैन्य तालिम र अन्य महत्वपूर्ण कार्यक्रम प्रभावित हुने समेत बताए ।

उनले रक्षा मन्त्रालयका लागि कुल ८७ अर्ब डलर बजेट माग गरेका छन्। त्यसमध्ये ६७ अर्ब डलर मध्यपूर्वमा जारी सैन्य परिचालनका लागि खर्च गर्ने योजना रहेको जनाइएको छ।

यो बजेट प्रस्ताव मध्यपूर्वमा पछिल्लो समय तीन अमेरिकी सैनिकको मृत्यु भएको घटनापछि आएको हो।