|  

कांग्रेस सभापति थापाद्वारा ‘ग्रीन रन’को शुभारम्भ

६ श्रावण, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘ग्रीन रन’को शुभारम्भ गरेका छन्।

४४औँ बीपी स्मृति दिवसको अवसरमा आयोजना गरिएको हजारौँ सहभागी ‘ग्रीन रन’को सभापति थापाले शुभारम्भ गरेका हुन् ।

ललितपुरको यूएन पार्कबाट सुरु ‘ग्रीन रन’ ‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नाराका साथ आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

दिवसका अवसरमा आयोजित कार्यक्रममा सभापति थापाले क्यानभासमा पेन्टिङ गरेका थिए । सो अवसरमा बिरुवा पनि वितरण गरिएको थियो ।