|  

कांग्रेसद्वारा १० लाख रुपैयाँको ‘मानव सहायता कल्याण कोष’ स्थापना, सुरुमा सुकुमवासीलाई सहयोग गर्ने

६ श्रावण, काठमाडौं । नेपाली कांग्रेसले पार्टी सदस्यबाट संकलित सदस्यता शुल्कको केही हिस्सा उपयोग गर्दै ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको छ ।

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले कोष स्थापनाको जानकारी दिएका हुन् ।

कोषयमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको छ । उक्त रकम हाल विस्थापित भएका सुकुमवासी परिवार, विशेषगरी एकल महिला र स्कुल जानबाट बन्चित बालबालिकामा खर्च गरिने छ । कोषको रकम परिचालनका लागि नेपाल महिला संघका स्वयंसेवक खटाइने  छ ।