|  

एकैदिन तोलामा ५ हजार ४०० ले बढेयो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

६ श्रावण, काठमाडौं । साताको कारोबारको चौंथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ५ हजार ४०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  २ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा ११० रुपैयाँले बढेर प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।