|  

दाङमा बन्दै गरेको घरको पानीट्यांकीमा दुई जनाको श#व फेला

६ श्रावण, काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीमा दुई पुरुषको शव फेला परेको छ।

घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। दुवै मृतकको पहिचान खुल्न बाँकी रहेको दाङ प्रहरीले जनाएको छ।

घटनाको कारण र मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।