०६ श्रावण, काठमाडाैं । काठमाडौं महानगरपालिकाको नयाँ प्रशासनिक भवन निर्माणको काम ३५ प्रतिशत सकिएको छ ।
महानगरको टेकुमा निर्माणाधीन उक्त भवनको निर्माण शुरु भएको छोटो अवधिमा नै उलेख्य प्रगति भएको हो । भवन निर्माण शुरु भएको ९४ दिनमा नै ३५ प्रतिशत भौतिक र ३० प्रतिशत वित्तीय प्रगति भएको भवन निर्माण परियोजनाका प्रोजेक्ट डाइरेक्टर महेश भट्टले जानकारी दिए । उनकाअनुसार गत चैत २२ गतेदेखि भवन निर्माणको कार्य शुरु भएको हो । हाल बेसमेन्ट निर्माण सम्पन्न भएर बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी भइरहेको उनले जानकारी दिए । भवनको संरचना निर्माण कार्य तिब्र गतिमा अघि बढाइएकोले तोकिएको समय अगाडी नै निर्माण सक्ने लक्ष्य राखिएको उनले जानकारी दिए । २०८४ कार्तिक २२ गतेभित्र भवन निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको उनले बताए । उनकाअनुसार हाल निर्माणस्थलमा ७० जना दक्ष तथा अदक्ष कामदार खटिएका छन् ।
साथै, प्रोजेक्ट म्यानेजर, साइट सुपरभाइजरलगायत १० जना प्राविधिक जनशक्ति परिचालन गरिएको छ । निर्माणस्थलमा आवश्यक सबै सुरक्षा मापदण्ड र सेफ्टी प्रोटोकल पालना गर्दै काम भइरहेको उनले बताए । उनले भने,‘काठमाडौं महानगरपालिकाको भवन बनाउन हामीले चैतको २२ गतेबाट प्रोजेक्ट शुरु गरेका हौँ र आजसम्म हाम्रो ९४ दिन भयो, हामीले ३० प्रतिशत फाइनान्सियल प्रोग्रेस र ३५ प्रतिशत फिजिकल प्रोग्रेस गरिसकेका छौँ । २०८४ को कार्तिक २२ गते हाम्रो फाइनल डेट छ, ह्याण्डओभर गर्नुपर्ने र हामी सकभर त्योभन्दा चाँडो नै सक्ने तयारी गरेर त्यो अनुसार काम गरिरहेका छौँ । अहिले हाम्रो स्ट्रक्चरको काम भइरहेको छ, बेसमेन्टको काम सकाएर अहिले बेसमेन्टको कभर स्ल्याब ढलानको तयारी गरिरहेका छौँ । हाम्रोमा अहिले स्किल्ड र अनस्किल्ड गरेर ७० जना कामदारले काम गरिराख्नु भएको छ । त्यससँगै हाम्रो १० जना हाम्रो टेक्निकल म्यानपावरहरु छ । प्रोजेक्ट म्यानेजरदेखि लिएर साइट सुपरभाइजरदेखि सबैजना र सबै सेफ्टी प्रोटोकलहरु अपनाएर हामीले साइटमा काम गरिरहेका छौँ ।’
महानगरको करिव ६ रोपनीको जग्गामा आठ तले प्रशासनिक भवन निर्माण हुँदैछ । उक्त निर्माणाधिण भवनको बुधवार काठमाडौ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले स्थलगत अनुगमन समेत गरेकी छन् । उनले तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिए ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar