|  

सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृ#त्यु

६ श्रावण, काठमाडौं । भारतको उत्तरपूर्वी राज्य सिक्किममा निर्माणाधीन सुरुङ भत्किँदा १२ जना मजदुरको मृत्यु भएको छ ।

सुरुङभित्र मिथेन ग्यास विस्फोटपछि सुरुङको एक भाग भत्किँदा कम्तीमा १२ जना मजदुरको मृत्यु भएको हो । घटनापछि सुरुङभित्र फसेका १३ जनाको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ । दुर्घटना सुरुङभित्र करिब १.५ किलोमिटर भित्र भएको थियो ।

उक्त सुरुङ टिस्टा नदीको पानी जलविद्युत् आयोजनाको टर्बाइनसम्म पुर्याउन निर्माण भइरहेको थियो ।चट्टानभित्र थुनिएको मिथेन ग्यास अचानक बाहिर निस्केर विस्फोट हुँदा बाक्लो धुवाँ र विषालु ग्यास फैलिएको थियो ।

सिक्किम सरकारले पनि दुर्घटनाको कारण मिथेन ग्यासको दहन भएको जनाएको छ । मिथेन प्राकृतिक रूपमा जमिनमुनि पाइने ग्यास हो ।