०६ श्रावण, काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहलाई तत्काल पक्राउ नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
आज न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले शाहलाई तत्काल पक्राउ नगर्न आदेश दिँदै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन निर्देशन दिएको हो । यसअघि मंगलबार सांसद शाहले आफूविरुद्ध जारी गरिएको पक्राउ पुर्जी बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। उनले गृहमन्त्रालय, कपिलवस्तु जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई विपक्षी बनाएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शाहविरुद्ध कुटपिटसम्बन्धी आरोपमा कपिलवस्तु जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
अब सर्वोच्च अदालतमा हुने आगामी सुनुवाइपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय हुने अपेक्षा गरिएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar