|  

गगन थापालाई ‘एक्लै चलाउने रोग लागेको’ प्रकाशशरण महतको टिप्पणी

०६ श्रावण, काठमाडाैं । नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन कुमार थापामाथि एकल निर्णय गर्ने प्रवृत्ति देखिएको भन्दै टिप्पणी गरेका छन्।

बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा काठमाडौंस्थित प्रज्ञा भवनमा आयोजित कार्यक्रममा बोल्दै महतले कांग्रेसको परम्परा सबैलाई साथ लिएर अघि बढ्ने रहेको बताए। उनले पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले समेत निर्णयअघि सहकर्मीहरूसँग छलफल गर्ने गरेको स्मरण गर्दै अहिले नेतृत्व तहमा सबै कुरा आफैंले सञ्चालन गर्न खोज्ने प्रवृत्ति बढेको दाबी गरे। महतले प्रधानमन्त्रीदेखि सत्तारूढ दलका नेतासम्ममा यस्तो प्रवृत्ति देखिएको उल्लेख गर्दै विशेष महाधिवेशनबाट नेतृत्वमा आएका सभापति गगन थापामा पनि यही समस्या देखिएको टिप्पणी गरे।

उनका अनुसार नेपाली कांग्रेसको विचार र विधि भने सबैलाई समेटेर अघि बढ्ने हो।