|  

कांग्रेस इतरपक्षले साउन २९ गते बोलायो राष्ट्रिय भेला

६ श्रावण, काठमाडाैं । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले साउन २९ गते राष्ट्रिय भेला गर्ने घोषणा गरेको छ । 

कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले भेलाको मिति साउन २९ र स्थान काठमाडौँ तय गरेको घोषणा गरेका हुन् । 

कार्यक्रममा नेताहरू पूर्णबहादुर खड्का, विमलेन्द्र निधी, कृष्णप्रसाद सिटौला, डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला लगायतले देशको अवस्था अत्यन्त जटिल अवस्थामा रहेको भन्दै यस्तो बेला पार्टीमा मतभेद होइन एकता गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए।