|  

देशभर मनसुनी वायुको प्रभाव, यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

७ श्रावण, काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ ।

हाल कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज देशभर सामान्य बदली रहने र पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा एक / दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम विभागले जनाएको छ।

राति पनि देशभर सामान्य बदली रही हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ।