|  

अमेरिका र साउदी अरबबीच परमाणु सम्झौतामा हस्ताक्षर

७ श्रावण, काठमाडौं । अमेरिकाले साउदी अरबसँग एक ऐतिहासिक परमाणु सम्झौतामा हस्ताक्षर गरेको छ ।

साउदी सरकारले विज्ञप्ति जारी गर्दै शान्तिपूर्ण परमाणु ऊर्जासम्बन्धी वार्तालाई अन्तिम रूप दिँदै सम्झौतामा हस्ताक्षर भएको पुष्टि गरेको छ ।

अमेरिकी ऊर्जा मन्त्रालयका अनुसार अमेरिकी ऊर्जा मन्त्री क्रिस राइट र साउदी अरबका ऊर्जामन्त्री तथा उद्योग एवं खनिज स्रोतमन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले शान्तिपूर्ण परमाणु सहयोग सम्झौता तथा त्यससँग सम्बन्धित द्विपक्षीय सुरक्षा प्रत्याभूति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अमेरिकी ऊर्जा मन्त्रालयले यो सम्झौताले साउदी अरबको शान्तिपूर्ण परमाणु ऊर्जा कार्यक्रममा अमेरिकी कम्पनीहरूको सहभागिताका लागि ठूलो अवसर सिर्जना गर्ने जनाएको छ ।