|  

धर्म र राजनीति दुवैको अन्तिम लक्ष्य भनेको जनकल्याण नै होः सभापति थापा

७ श्रावण, काठमाडौं ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको अन्तिम लक्ष्य समाजसेवा भएको बताएका छन् ।

पार्टीको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक होटल व्यवसायी सङ्घले बिपी कोइरालाको ४४औँ स्मृति दिवस तथा चौथो स्थापना दिवसको अवसरमा मानवसेवा आश्रममा आयोजना गरेको कार्यक्रममा उनले मानवसेवा सबैभन्दा ठूलो सेवा भएको बताए ।

उनले दिनदुःखी र बेसहाराका लागि मानवसेवा आश्रमले पुर्‍याएको योगदानको उच्च प्रशंसा गरे । बिपी कोइरालाको राजनीति र धर्मसम्बन्धी दर्शनको लक्ष्य जनकल्याण भएको उनको भनाइ थियो ।

“धर्म र राजनीति दुवैको अन्तिम लक्ष्य भनेको जनकल्याण नै हो । बिपीका अनुसार धर्मको एउटा पक्ष आध्यात्मिक हुन्छ भने अर्को पक्ष परोपकार हो । त्यसैगरी राजनीतिको पनि मुख्य पक्ष भनेको सेवा र कल्याण नै हो,” उनले भने ।