|  

रास्वपा सांसद् अरबिन्द साहको विरोध गरेको आरोपमा निजामुद्दिन अन्सारी हिरासतमा

७ श्रावण, काठमाडौं ।  बारा–३ का रास्वपा सांसद् अरबिन्द साहविरुद्ध सामाजिक सञ्जालमा विरोधजनक पोस्ट गरेका आरोपमा बारा निवासी निजामुद्दिन अन्सारी पक्राउ परेका छन् ।

सांसद् साहको उजुरीपछि प्रहरीले बुधबार अन्सारीलाई नियन्त्रणमा लिएको हो । उनले फेसबुकमार्फत साहले चुनावी घोषणापत्रअनुसार काम नगरेको आरोप लगाउँदै कालो मसी दल्ने चेतावनी दिएका थिए।

प्रहरीले अन्सारीलाई आज अदालतमा उपस्थित गराउने तयारी गरेको जनाएको छ।