|  

विश्वकप लिग–२ः जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

७ श्रावण, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समय अनुसार दिउँसो २ः ४५ बजे सुरु हुनेछ । यो खेल नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ ।