|  

एजुकेसन कन्सल्टेन्सी सञ्चालकसँग छलफल गर्दै शिक्षामन्त्री पोखरेल

७ श्रावण, काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन कन्सल्टेन्सी)क्षेत्रका समस्या, चुनौती र नीतिगत सुधारका विषयमा बुधबार सरोकारवालासँग छलफल गर्ने भएको छ ।

एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुले सरकारले हालै ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गर्दै आएका बेला सरकारले उनीहरुलाई छलफलमा बोलाएको हो ।

शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले उनीहरुलाई छलफलमा बोलाएका हुन् ।