|  

सामाजिक सञ्जालमार्फत हाम्रा निर्दोष शिक्षक–कर्मचारीहरूमाथि समेत आधारहीन आरोप लगाइयोः सुकुना मावि

७ श्रावण, काठमाडौं ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयले सामाजिक सञ्जालमार्फत निर्दोष शिक्षक तथा कर्मचारीहरूमाथि आरोप लगाउने काम भइरहेको दाबी गरेको छ ।

विद्यालय प्रशासन, शिक्षक अभिभावक सङ्घ र विद्यालय व्यवस्थापन समितिले संयुक्त विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिनलाई प्रभाव पार्ने र मानमर्दन गर्ने किसिमका गतिविधि भएको गुनासो गरेका हुन् ।