०७ श्रावण,काठमाडौं । मानव–वन्यजन्तु द्वन्द्वलाई प्रभावकारी रूपमा न्यूनीकरण गर्ने उद्देश्यले गठित कार्यदल (टास्क फोर्स) ले आफ्नो अन्तरिम प्रतिवेदन कृषि, वन तथा वातावरण मन्त्रालयमा बुझाएको छ।
कार्यदलले कृषिमन्त्री गीता चौधरीलाई प्रतिवेदन हस्तान्तरण गर्दै विशेषगरी बाँदरसहित विभिन्न वन्यजन्तुबाट हुने क्षति कम गर्ने, क्षतिपूर्ति प्रणालीलाई थप प्रभावकारी बनाउने, जनचेतना अभिवृद्धि गर्ने तथा दीर्घकालीन व्यवस्थापनका उपायहरू समेटिएको सुझाव प्रस्तुत गरेको हो।प्रतिवेदन ग्रहण गर्दै मन्त्री चौधरीले कार्यदलका सुझावहरूको विस्तृत अध्ययन गरी आवश्यक नीतिगत निर्णय, कानुनी सुधार तथा प्रभावकारी कार्यान्वयनमार्फत मानव–वन्यजन्तु द्वन्द्व समाधानतर्फ मन्त्रालय प्रतिबद्ध रहेको बताइन्। उनले पछिल्लो समय देशका विभिन्न जिल्लामा बाँदरको बढ्दो आतंकका कारण किसानले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै यस समस्याको दिगो र व्यवहारिक समाधान खोज्न सरकार गम्भीर रहेको स्पष्ट पारिन्।
मन्त्री चौधरीका अनुसार बाँदरका कारण बाली नष्ट हुने, किसान खेतीपाती छाड्न बाध्य हुने र कृषि उत्पादनमा प्रत्यक्ष असर पर्ने अवस्था सिर्जना भएकाले यो विषयलाई वन्यजन्तु संरक्षणको सीमित दृष्टिकोणबाट मात्र नभई किसानको जीविकोपार्जन र राष्ट्रिय खाद्य सुरक्षासँग जोडिएको महत्वपूर्ण मुद्दाका रूपमा लिन आवश्यक छ। उनले कार्यदललाई बाँदर व्यवस्थापनका लागि वैज्ञानिक आधार, कानुनी व्यवस्था र व्यवहारिक उपाय समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न निर्देशन दिँदै प्रभावित क्षेत्रको वास्तविक अवस्था अध्ययन गरेर स्थानीय तह, सम्बन्धित निकाय, विज्ञ तथा समुदायसँग समन्वयमा कार्यान्वयनयोग्य समाधान अघि बढाउन आग्रह गरेकी छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar