०७ श्रावण,काठमाडाैं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयहरूमा कायम रहेको राजनीतिकरण पूर्ण रूपमा अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बिहीवार त्रिभूवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसका अवसरमा आयोजित झण्डोत्तोलन समारोहलाई सम्बोधन गर्दै उनले आगामी चार वर्षभित्र विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने बताएका हुन्। विश्वविद्यालय सभाका उपाध्यक्ष समेत रहेका मन्त्री पोखरेलले अबका दिनमा राजनीतिक भागबण्डाका आधारमा नभई योग्यता र क्षमता (मेरिटोक्रेसी) का आधारमा विश्वविद्यालयको टिम निर्माण गरिने स्पष्ट पारे । विश्वविद्यालयमा अब कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने र नियुक्ति, सरुवा वा बढुवा जस्ता प्रशासनिक कार्यमा राजनीतिक दबाब दिने परिपाटीको अब अन्त्य हुने जिकिर गरे ।
मन्त्री पोखरेलले विश्वविद्यालयको प्राज्ञिक वातावरण सुधारका लागि आफ्नो मन्त्रालय दृढ रहेको उल्लेख गर्दै कतैबाट राजनीतिक दबाब आए तुरुन्त मन्त्रालयलाई जानकारी गराउन आग्रह गरे । उनले आफ्नै दल वा अन्य कुनैपनि राजनीतिक दलबाट आउने अनुचित दबाबलाई रोक्न र विश्वविद्यालयको स्वायत्तता जोगाउन सरकारले पूर्ण रूपमा सुरक्षा प्रदान गर्ने समेत विश्वास व्यक्त गरे । मन्त्री पोखरेलले भने,‘यसभन्दा अघिसम्म विश्वविद्यालयमा हुने राजनीतिकरणलाई अबको चार वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्नेछौँ । अब विश्वविद्यालयको नेतृत्व र टोली भागबण्डाको राजनीतिका आधारमा होइन, मेरिटोक्रेसी (योग्यता) का आधारमा निर्माण हुनेछ । विश्वविद्यालयमा अब कुनैपनि प्रकारको राजनीतिक हस्तक्षेप हुनेछैन । कसैलाई कहाँ राख्ने, सरुवा गर्ने, बढुवा गर्ने वा नियुक्ति गर्ने जस्ता निर्णय राजनीतिक दबाबका आधारमा गरिने छैनन् । यदि कुनैपनि प्रकारको राजनीतिक दबाब आयो भने शिक्षामन्त्रालयलाई तुरुन्त जानकारी गराइदिनुहोस् । हामी विश्वविद्यालयलाई मेरिटोक्रेसीका आधारमा अघि बढाउने प्रतिवद्धतासहित काम गर्नेछौँ । हाम्रो पार्टी वा अन्य कुनैपनि पार्टीबाट दबाब आएमा त्यसको प्रतिरोध गर्न हामी सधैँ तयार रहनेछौँ। यही प्रतिबद्धता आज यस सभामार्फत पनि पुनः व्यक्त गर्न चाहन्छु । अब विश्वविद्यालयमा हुने सबै निर्णय मेरिटोक्रेसीका आधारमा हुनेछन् । जे हुनुपर्ने हो, त्यही हुनेछ । राजनीतिक हस्तक्षेप अब हुनेछैन ।’
मन्त्री पोखरेलले विश्वविद्यालयको समग्र सुधारका लागि राजनीतिक स्वार्थभन्दा माथि उठेर काम गर्ने प्रतिवद्धता दोहो¥याएका छन्। –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar