०७ श्रावण, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आगामी अगस्टको दोस्रो साता चीन भ्रमणमा जाने तयारीमा रहेको स्रोतहरूले बताएका छन्।
भ्रमण पार्टी–टु–पार्टी सम्बन्धअन्तर्गत हुने जनाइएको छ। उच्च सरकारी स्रोतका अनुसार लामिछानेसहित चार सदस्यीय रास्वपा प्रतिनिधिमण्डल पाँचदिने भ्रमणका लागि बेइजिङ जाने तयारीमा छ। भ्रमण टोलीमा सहभागी अन्य सदस्यहरूको नाम भने सार्वजनिक गरिएको छैन। स्रोतका अनुसार भ्रमणका क्रममा चिनियाँ विदेशमन्त्री वाङ यी तथा चिनियाँ कम्युनिस्ट पार्टीका उच्च तहका नेतासँग भेटवार्ताको तयारी भइरहेको छ। यद्यपि, कुन-कुन नेतासँग भेट हुने भन्ने विषयमा औपचारिक जानकारी सार्वजनिक गरिएको छैन।
सरकारी स्रोतले यसअघि नै लामिछानेलाई चीनबाट भ्रमणको निमन्त्रणा आएको र यसपटक उच्चस्तरीय राजनीतिक संवाद हुने अपेक्षा गरिएको जनाएको छ। नेपाल-चीन सम्बन्धलाई थप सुदृढ र अर्थपूर्ण बनाउने विषय नै छलफलको मुख्य एजेन्डा रहने स्रोतको दाबी छ। भ्रमणमा कुनै सरकारी प्रतिनिधि सहभागी नहुने बताइएको छ। रास्वपा स्रोतका अनुसार यो भ्रमण पनि हालै भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटजस्तै उच्चस्तरीय राजनीतिक संवादमा केन्द्रित रहने अपेक्षा गरिएको छ। यद्यपि, भ्रमणको मिति, कार्यक्रम र भेटवार्ताबारे रास्वपा वा चिनियाँ पक्षबाट औपचारिक पुष्टि हुन बाँकी छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar