०७ श्रावण, काठमाडाैं । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुले आफ्नो बसोवास तथा जग्गाको स्वामित्व सुनिश्चित गर्नुपर्ने माग गर्दै बिहीवार पनि आन्दोलन जारी राखेका छन् ।
सरकारले वैकल्पिक व्यवस्थापन नगरी उठिवास लगाएको भन्दै उनीहरुले काठमाडौंको माईतीघर मण्डलामा आन्दोलन जारी राखेका छन् । सरकारले समस्या समाधान नगरेसम्म आन्दोलन थप सशक्त रुपमा जारी राख्ने उनीहरुको चेतावनी छ । सुकुम्बासी नागरिक प्रेमबहादुर तामाङले सरकारले सुकुम्बासी र हुकुम्बासी नछुट्याइकन सबैलाई एउटै डालोमा हाल्ने काम गरेको भन्दै आपत्ति जनाए । सरकार भूमि भएका र नभएका नागरिकको छानविन गरेर मात्र सुकुम्बासी बस्ति हटाउनुपर्नेमा त्यसो नगरेको उनको भनाइ छ । उनले आफूहरुको वैकिल्पक व्यवस्थापन नभएसम्म आफूहरुको आन्दोलन जारी राख्ने चेतावनी समेत दिए । उनले भने,‘जबसम्म सरकारले सुुकुम्बासी नागरिकको उचित व्यवस्थापन गरेर समस्या समाधान गर्दैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ । आन्दोलन झन चर्किंदै जान्छ । किनभने पूर्वसूचना समेत नदिई एक दिनको सूचनाको आधारमा सुकुम्बासीको बास उठाइदियो । कोसँग भूमि छ ? कोसँग छैन ? सुकुम्बासी हो कि हुकुम्बासी हो ? सरकारले छानविन गर्नसक्छ । यसरी सपनामा जस्तो सुकुम्बासी नागरिकलाई तितरबितर गर्न पाउँदैनथ्यो । भर्खरै आएर बसेको भए एउटा कुरा हुन्थ्यो । हामी त २०औँ वर्षदेखि यहाँ बसिरहेको हो नि । सरकारले हामीसँग यो विषयमा छलफल गरेर र उचित छानविन गरेर गर्नुपथ्र्यो । त्यसो नभएको हुनाले हामी आन्दोलनरत छौँ । हाम्रो उचित व्यवस्थापन नहुँदासम्म हामी आन्दोलनमा रहन्छौँ ।’
सरकारले गत वैशाख १२ र १३ गते काठमाडौैं उपत्यकाका विभिन्न खोला तथा नदी किनारमा रहेका सुकुम्बासी बस्तीमाथि डोजर चलाएको थियो । १५ दिनभित्र वैकल्पिक व्यवस्थापन गर्ने भनेपनि सरकारले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको उचित व्यवस्थापन गर्न सकेको छैन ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar