|  

पूर्वप्रधानमन्त्री झलनाथ खनाल साताव्यापी भ्रमणका लागि चीन प्रस्थान

७ श्रावण, काठमाडौं ।  पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा साताव्यापी भ्रमणका लागि आज चीन प्रस्थान गरेका छन्।

खनाल आज सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गरेका हुन् ।भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ ।