०७ श्रावण, काठमाडाैं । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर गएको बताएका छन् ।
बिहीवार ४४ औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङदेम्बेले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको बताएका हुन् । उनले संस्थापन ईतरका नेताहरुले बुधवार आयोजना गरेको कार्यक्रममा नेताहरुले गरेको भाषणतर्फ लक्षित गर्दै काँग्रेस पार्टीभित्र पनि गालीगलौजमा उत्रिने प्रवृत्ति हावी भएको बताए । उनले हाल संसदमा पनि सोही अवस्था रहेको बताए । संसदमा तर्क र विवेकको अभावका कारण मनपरी निर्णय हुने र पछि त्यसलाई पछि सच्याउने गरिएको उल्लेख गरे ।
नेता आङदेम्बेले राजनीतिलाई नाफा–घाटाको हिसाब नभई जनताको सेवाको भावनाबाट अघि बढाउनुपर्ने बताए । राजनीति विगतमा व्यवसायजस्तो बनेर नाफा–घाटाको हिसाबमा चल्ने गरेको उनको भनाई छ । उनले राजनितिलाई निस्वार्थ सेवामा रूपान्तरण गर्नु वर्तमान नेतृत्वको जिम्मेवारी भएको बताए । उनले भने,‘४४ औँ वीपी स्मृति दिवसको यो पूर्वसन्ध्यामा काठमाडौंभरि कहीँ कतै आयोजना गरिएका धेरै यस्ता डबलिहरु हामीहरुले देख्यौँ । त्यहाँ व्यक्त भएका विचारहरु हामीहरुले कान भरि भरि सुन्यौँ । कति चित्त बुझ्यो, कति बुझेन यो आफ्नो छुट्टै छलफल र बहसको विषय होला । तर कतिपय आदरणीयले बोलेको कतिपय समकालिनले बोल्न नसकेको, आउने पुस्ताले पनि बोल्न मन नगरेको कुराहरु आफूले मानेकोले बोलिदिँदा खेरि अलि मलाई लाग्यो कि समय बिस्तारै तर्क र विवेक समयले भेटाउन सकिराखेको छैन । हराइराखेको छ । अनि मलाई लाग्यो, जब विवेक हराउँछ, त्यो बिस्तारै अहंकारमा परिवर्तित हुँदो रहेछ । जब तर्क हराउँछ, त्यो तर्क बिस्तारै गालिमा रुपान्तरित हुँदो रहेछ । विवेक र तर्क हराएर अहंकार र गालिमा परिवर्तित भएको त्यो दिन भर्खरै मात्र हिजोको दिन आज मेरो मानसपटलमा आज पनि गुन्जिराखेको छ । यो मेरो पार्टीको यथार्थता हो, आजको । यो आजको यथार्थता हो । त्यस्तै अवस्था संसदभित्र पनि छ । संसदमा न तर्क छ, न विवेक छ । जस्तो जे देख्यो त्यस्तै निर्णय गरिएको छ । विवेक गुमाएर अनि फेरी अप्ठ्यारो परेपछि फेरि सुल्टो बाटो हिँड्ने कोशिस गरिएको छ । बाटो के हो ? तय छैन । यही खालको अवस्था आज देखा परिराखेको अहिलेको अवस्था हो । हिजो राजनीति व्यवसाय जस्तो भएको देखिन्थ्यो । त्यसलाई निस्वार्थ सेवामा रुपान्तरित गर्ने आजको यो पुस्ताको काम हो । यो नेतृत्वको काम हो । यदि यसलाई हामीले व्यवसायको रुपमा हेर्यौँ भने यसले घाटा र नाफाको हिसाव गर्दो रहेछ । हिजोको हाम्रो राजनीति व्यवसाय जस्तो थियो । घाटा र नाफाकै हिसाव गरिन्थ्यो । इमानदार कार्यकर्ता कुन तुलामा छ, थाहा छैन । म वरिपरि घुम्नेहरुलाई खोजिन्थ्यो हेरिन्थ्यो । आफ्नो वरिपरिकोलाई खोज्ने प्रवृत्ति त्यो हिजो घाटा र नाफाको हिसाबबाट हेरिएको राजनीति थियो । आजको राजनीति घाटा र नाफाबाट होइन, लगानीकर्ताको प्रतिफलको लेखा र जोखामा होइन, आजको राजनीतिको यथार्थ धरातल कार्यकर्ताहरु, गरिब निमुखा श्रमजीवी किसान मजदुर हुन् । त्यही ठाउँबाट हामीहरुले आजको राजनीतिलाई हेर्नुपर्छ । त्यसैले यो नविन अभियानमा विवेक र तर्क हराइराखेको बेलामा त्यही मर्यादालाई, त्यही इमान्दारितालाई, त्यही निष्ठालाई जहाँ तर्क र विवेकहरु भरिपूर्ण होस् त्यसको खोजी गर्नका निम्ति पनि यो नविन अभियान हो ।’
उनले विवेक, तर्क, मर्यादा, इमान्दारिता र निष्ठालाई पुनः स्थापित गर्ने उद्देश्यसहित नयाँ अभियान आवश्यक रहेको बताए । वीपी कोईरालाको फोटो भुन्ड्याउने मात्रै नभई पार्टीलाई उहाँको आदर्श र सिद्धान्तमा चलाउने पनि बताए ।–न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar