०७ श्रावण, काठमाडौं । नेकपा नेता नारायणकाजी श्रेष्ठले विगतका कम्युनिस्ट एकता प्रयास असफल भए पनि भविष्यमा पुनः एकताको सम्भावना समाप्त नभएको बताएका छन् ।
४८ औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेकपा एमालेको राजधानी प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन र रूपान्तरण गर्दै अन्ततः एउटै केन्द्र निर्माण गर्नुपर्ने धारणा राखे । उनले विगतको असफलतालाई आधार बनाएर सधैं एकता असम्भव ठान्न नहुने बताउँदै त्यसबाट शिक्षा लिएर वस्तुगत आधार तयार गर्नुपर्ने उल्लेख गरे । श्रेष्ठले वाम एकताको विषयमा बाह्य दबाब वा प्रतिक्रियावादी शक्तिको डर देखाएर पछि हट्न नहुने बताए । व्यक्तिगत भूमिका र हैसियतभन्दा देश, लोकतन्त्र र वाम आन्दोलनको भविष्यलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
तत्काल पार्टी एकताको परिस्थिति बनिनसकेको स्वीकार गर्दै श्रेष्ठले सहकार्य विस्तार, पार्टीहरूको रूपान्तरण र पुनर्गठन हुँदै दीर्घकालमा एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने लक्ष्य राख्नुपर्ने बताए । उनले भविष्यको एकीकृत कम्युनिस्ट केन्द्रले मार्क्सवाद र समाजवादको मूल दिशालाई कायम राख्दै बदलिँदो समयअनुसार विचार, संगठन र कार्यशैलीमा सुधार गर्नुपर्ने धारणा पनि राखे ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar