०७ श्रावण, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट नेता पुष्पलाल श्रेष्ठ र नेपाली कांग्रेसका नेता बीपी कोइरालाले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताएका छन्।
पुष्पलालको ४८औँ स्मृति दिवसका अवसरमा सन्देश जारी गर्दै ओलीले दुवै नेताको संघर्ष, विचार र योगदानबाट प्रेरणा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ओलीले पुष्पलाललाई कम्युनिस्ट पार्टीका संस्थापक मात्र नभई नेपाली राजनीतिका विश्लेषक, चिन्तक र राजनीतिक साहित्यका महत्वपूर्ण व्यक्तित्वका रूपमा स्मरण गरे । उनले राणा शासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्धका आन्दोलनमा पुष्पलालको योगदान उल्लेखनीय रहेको बताए । लोकतान्त्रिक र प्रगतिशील शक्तिहरूबीच सहकार्य गर्नुपर्ने पुष्पलालको विचारकै आधारमा २०४६ सालको राजनीतिक परिवर्तन सम्भव भएको ओलीको दाबी थियो। उनले पुष्पलालका विचार र मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद आज पनि सान्दर्भिक रहेको उल्लेख गरे ।
बीपी कोइरालालाई पनि स्मरण गर्दै ओलीले उहाँलाई बहुआयामिक प्रतिभाका धनी राजनीतिज्ञ तथा साहित्यकारका रूपमा चित्रण गरे । दुवै नेताको संघर्ष, जेल र निर्वासनको अनुभवले नेपाली समाजलाई निरन्तर प्रेरणा दिइरहेको उनको भनाइ थियो। ओलीले कम्युनिस्ट आन्दोलनले पछिल्लो समय चुनौती सामना गरे पनि अग्रज नेताहरूको विचार र त्यागबाट पुनः अघि बढ्ने विश्वास व्यक्त गरे ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar