७ श्रावण, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन विवाद फेरि सर्वोच्च अदालतमा प्रवेश गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई आधिकारिक ठहर गर्दै दिएको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले निवेदन दर्ता गराएको छ।
सर्वोच्च अदालतका प्रवक्ता एवं सहरोचिसार अर्जुनप्रसाद कोइरालाका अनुसार बिहीबार देउवाको वारेसमार्फत उक्त पुनरावलोकन निवेदन दर्ता गरिएको हो। यसअघि न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएका सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिने आदेश सुनाएको थियो।
निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएको निर्णयलाई चुनौती दिँदै तत्कालीन सभापति शेरबहादुर देउवा र नेता पूर्णबहादुर खड्का सर्वोच्च गएका थिए। उनीहरूले निर्वाचन आयोग, सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मालाई विपक्षी बनाएका छन्।
अब तीन जना न्यायाधीशहरूको इजलासले यस मुद्दामा पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिनेछ। पुनरावलोकनका लागि अनुमति पाएपछि मात्र मुद्दाको नियमित प्रक्रिया फेरि अघि बढ्नेछ। प्रवक्ता कोइरालाका अनुसार पुनरावलोकनकोस् निष्कासन वा अनुमति दिने विषयमा महिनाको दुई पटक मात्र इजलास बस्ने गरेकाले यसै मितिमा निर्णय हुन्छ भनि हाल टुंगो लागिसकेको छैन।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar