|  

२० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानसँग खेल्ने

८ श्रावण, काठमाडौं ।  आउँदो असोजमा जापानमा हुने २० औँ एसियाली खेलकुदको पुरुष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ ।

हिजो सार्वजनिक समूह विभाजनअनुसार नेपाल समूह ‘ए’मा परेको हो । समूह ‘बी’मा हङकङ, मलेसिया र ओमान छन् ।

हरेक समूहका शीर्ष दुई टोलीले क्वार्टरफाइनलमा स्थान पक्का गर्नेछन् । भारत, पाकिस्तान, श्रीलंका र बंगालदेशले सिधै क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।