|  

म इरानमाथि एउटा ठूलो आक्रमणको सोच बनाइरहेको छु, जुन इतिहासमै सबैभन्दा भीषण हुनेछः ट्रम्प

८ श्रावण, काठमाडौं ।  अमेरिका र इरानबीचको तनावले चरम रूप लिएको छ ।

इरानले जोर्डन, बहराइन र कुवेतमा श्रृंखलाबद्ध मिसाइल र ड्रोन आक्रमण गरेपछि मध्यपूर्वमा युद्ध चर्किएको छ । इरानको यस आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि ‘अहिलेसम्मकै भीषण आक्रमण’ गर्ने चेतावनी दिएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सञ्चारमाध्यमसँग कुरा गर्दै इरानले अझै ‘पर्याप्त पीडा’ नभोगेको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘म इरानमाथि एउटा ठूलो आक्रमणको सोच बनाइरहेको छु, जुन इतिहासमै सबैभन्दा भीषण हुनेछ । म निर्णयको निकै नजिक छु ।’

ट्रम्पले यस आक्रमणमा इजरायल पनि सहभागी हुन सक्ने संकेत गरे पनि अमेरिका एक्लै प्रतिकार गर्न सक्षम रहेको दाबी गरे ।