८ श्रावण, काठमाडौं । होर्मुज जलमार्गलाई लिएर बढ्दो तनावका बीच अमेरिका र इरानबीचको सैन्य द्वन्द्व झन् चर्किएको छ ।
अमेरिकी सेनाले बिहीबार इरानमाथि लगातार १३औँ रात पनि हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डले पछिल्ला आक्रमणको उद्देश्य इरानको त्यस्तो सैन्य क्षमता कमजोर बनाउनु रहेको जनाएको छ, जसबाट उसले क्षेत्रीय जलमार्ग हुँदै आवतजावत गर्ने व्यावसायिक जहाज तथा सर्वसाधारण नाविकहरूलाई खतरा पुर्याइरहेको अमेरिकाको दाबी छ ।
अमेरिकी आक्रमणपछि होर्मुज जलमार्ग नजिकैको बन्दर अब्बास र केश्म द्वीप आसपास विस्फोट भएको छ ।
त्यसैगरी उत्तर–पश्चिमी क्षेत्र एन्दिमेश्क र ओमिदियेह आसपास पनि विस्फोट भएको खबर सार्वजनिक भएको छ । यद्यपि, ती घटनाबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar