|  

ह्वातै घट्यो सुनको मूल्य, तोलाको कति ?

८ श्रावण, काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा  पाँच हजार ८०० रुपैयाँले घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि तोलामा  १५५ रुपैयाँ घटेर प्रतितोला तीन हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।