८ श्रावण, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र साउदी अरबबीचको असैनिक (सिभिल) आणविक ऊर्जा सम्झौता साउदी अरबले इजरायललाई सार्वभौम राष्ट्रका रूपमा मान्यता दिएपछि मात्रै लागू हुने बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा बुधबार प्रकाशित सन्देशमार्फत ट्रम्पले साउदी अरबले ऐतिहासिक अब्राहम सम्झौतामा सामेल हुनुपर्ने सर्त अघि सारेका हुन् । ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको ऊर्जा मन्त्रालय र साउदी अरबबीच भइरहेको असैनिक आणविक सम्झौता, जुन इरान, यूएई र अन्य देशहरूसँग भएका सम्झौताजस्तै गैरसैन्य प्रयोजनका लागि मात्रै हो, त्यसलाई स्वीकृत गरिनेछ ।’
उनले थपेका छन्, ‘तर यो पूर्ण रूपमा साउदी अरब प्रतिष्ठित र सफल अब्राहम सम्झौतामा सामेल हुने निर्णयमा निर्भर हुनेछ। अमेरिका असैनिक आणविक केन्द्रहरूको विकासको विपक्षमा छैन ।’
यद्यपि, ट्रम्पले उल्लेख गरेको इजरायललाई मान्यता दिने तथा अब्राहम सम्झौतामा सामेल हुनुपर्ने सर्त अमेरिका–साउदी आणविक सम्झौताको मूल दस्तावेजमै समावेश छ वा छैन भन्ने विषय तत्काल स्पष्ट हुन सकेको छैन ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar