०८ श्रावण, काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले प्रहरी सेवा अत्यन्त चुनौतीपूर्ण, संवेदनशील र जिम्मेवारीपूर्ण पेशा भएको बताएका छन्।
उनले ट्राफिक व्यवस्थापनमा प्रहरीको प्रयास मात्र पर्याप्त नहुने भन्दै नागरिकको अनुशासन र सहकार्य पनि उत्तिकै आवश्यक रहेको धारणा राखेका छन्। मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले प्रहरीको भूमिकालाई ‘अपजसी’ भए पनि समाजका लागि अपरिहार्य जिम्मेवारीको रूपमा व्याख्या गरे। ‘प्रहरीको जागिर निकै चुनौतीपूर्ण हुन्छ। बिहानदेखि ट्राफिक व्यवस्थापन गर्नुपर्छ, आवश्यक पर्दा कडाइ पनि गर्नुपर्छ, फेरि सबैसँग मुस्कुराएर सेवा पनि दिनुपर्छ। यो साँच्चै सजिलो जिम्मेवारी होइन,’ उनले भने।
श्रेष्ठले आफ्नै देशमा प्रहरीको उपस्थितिले नागरिकलाई सुरक्षा र भरोसाको अनुभूति गराउने बताए। उनले २०३२ सालमा भारतको लखनउ भ्रमणका क्रममा ठगीमा परेको अनुभव सुनाउँदै विदेशमा प्रहरीको पहुँच र सुरक्षाको महत्त्व अझ बढी महसुस भएको उल्लेख गरे। ट्राफिक व्यवस्थापनको सन्दर्भमा उनले नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको सडक संस्कार विकास गर्नुपर्ने आवश्यकता औँल्याए। चालकहरूले ‘पहिले म’ भन्दा ‘पहिले तपाईं’ भन्ने संस्कार अपनाउनुपर्ने भन्दै लेन अनुशासन, निर्धारित गति र सवारीको बत्तीको सही प्रयोगबारे निरन्तर जनचेतना आवश्यक रहेको बताए।
उनका अनुसार विदेशमा चालकहरूले अर्को सवारीलाई प्राथमिकता दिने संस्कार सामान्य अभ्यास भए पनि नेपालमा अझै आफू पहिले अघि बढ्ने प्रवृत्ति हाबी छ। यस्तो व्यवहार परिवर्तन गर्न प्रहरीको प्रयाससँगै नागरिकको सचेत सहभागिता आवश्यक पर्ने उनले बताए। श्रेष्ठले ट्राफिक प्रहरीले सञ्चालन गरेका जनचेतनामूलक अभियानका कारण मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने र अनावश्यक हर्न बजाउने प्रवृत्तिमा कमी आएको उल्लेख गर्दै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। उनले ट्राफिक सुधार र सडक सुरक्षासम्बन्धी जनचेतना फैलाउने अभियानमा कलाकारहरूले पनि सक्रिय भूमिका खेल्नुपर्ने बताउँदै आगामी दिनमा यस्ता सामाजिक अभियानमा आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar