|  

काठमाडौं प्रहरीको निगरानीमा १ हजार ८७१ गुण्डा तथा अपराधी, तयार भयो तीन पुस्तेसहितको प्रोफाइल

०८ श्रावण, काठमाडाैं । जिल्ला प्रहरी परिसर काठमाडौंले गुण्डागर्दी तथा अपराधमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल  तयार पारेको  जनाएकाे छ । प्रहरीले  शुक्रबार पत्रकार सम्मलेन गर्दै यसबारे जानकारी गराएको हो ।

 

 

परिसरका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार काठमाडौंमा हुने विभिन्न प्रकृतिका अपराध तथा गुण्डागर्दीमा संलग्न १८ सय ७१ जनाको प्रोफाइल तयार पारिएको जानकारी दिए । कुनै अपराध भइहालेमा संदिग्ध व्यक्तिको पहिचान गर्न तथा खोजी गरी कारबाहीको दायरामा ल्याउन सहयोग हुने भन्दै प्रहरीले क्रिमिनल व्यक्तिहरुको तीन पुस्तेसहितको प्रोफाइल तयार पारेको जानकारी दिएकाे छ । जसमा पटके अभियुक्त र अपराधको कसुर अनुसारका फरक फरक छुट्टयाएर प्रोफाइल तयार पारिएको छ ।