|  

इरानलाई हतियार बिक्री नगर्न रूस र चीनलाई ट्रम्पको चेतावनी 

९ श्रावण, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई हतियार नबेच्न चीन र रूसलाई चेतावनी दिएका छन् ।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको भन्दै यसप्रति आफू विश्वस्त रहेको बताए ।

‘इरानसँग सम्बन्धित रूपमा प्रायः चर्चा गरिने दुई ठूला देश मेरो विचारमा यसमा संलग्न छैनन्,’‘यदि उनीहरूले त्यसो गरे भने उनीहरूका लागि यो निकै खराब हुनेछ । यो निश्चित रूपमा उनीहरूको हितमा हुँदैन ।’ उनले भने ।