|  

काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित

९ श्रावण, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल लगातार तेस्रो खेलमा पराजित भएको छ ।

हिजो आयोजक टोली पाकिस्तानसँग नेपाल ३–० को सोझो सेटमा पराजित भयो ।पाकिस्तानले नेपाललाई २५–१४, २५–१८ र २५–१० ले हराएको हो । पाकिस्तानले यसअघि पनि आफ्नो दुई खेल ३–० को सोझो सेटमा नै जितेको थियो ।

नेपाल भने श्रीलंका र काजकिस्तानसँग पराजित भएको थियो ।अब नेपालले बङ्गलादेश र उज्वेकिस्तानसँग खेल्नेछ ।