|  

८ लाख २१ हजार घुससहित क्वाटरबाटै समातिए सिँचाइ डिभिजन प्रमुख र अधिकृत

९ श्रावण, काठमाडौं ।   सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी ७ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको हो।अख्तियारका अनुसार बोरिङ र मोटर जडानबापतको भुक्तानी दिन सेवाग्राहीसँग घुस मागिएको थियो।

खानतलासीका क्रममा थप स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ र तीन थान मोबाइलसमेत बरामद भएको छ। दुवैमाथि थप अनुसन्धान र कानुनी कारबाही अघि बढाइएको छ।