|  

 हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड

९ श्रावण, काठमाडौं ।  आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन आजदेखि तुलसीको विशेष पूजा–आराधना सुरु भएको छ ।

यस अवसरमा घर–घरका तुलसी मठमा बिरुवा सार्ने परम्परा रहेको छ। धार्मिक मान्यताअनुसार आजदेखि कार्तिक शुक्ल एकादशीसम्म भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यो अवधिलाई चतुर्मासा भनिन्छ।

हरिशयनी एकादशीका अवसरमा काठमाडौंको बूढानीलकण्ठसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ।