९ श्रावण, काठमाडौं । आमाको उपचारका लागि अस्पतालमा बसेका बेला आफैंलाई सिसाले प्रहार गरेका मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको उपचारका क्रममा मृत्यु भएको छ ।
राजेन्द्रले विराटनगरको गोल्डेन अस्पताल परिसरमा आफ्नै पेटमा सिसा प्रहार गरेका थिए । पेटमा सिसा प्रहार गरेपछि गम्भीर घाइते भएका राजेन्द्रको गोल्डेनमै उपचार भइरहेको थियो ।
प्रहरीका अनुसार राजेन्द्र आफ्नी ६९ वर्षीया आमा राम्रिका राईको उपचारका लागि गोल्डेन अस्पतालमा बसेका थिए । साउन २ गते बिहान करिब ६ बजे अस्पतालको पछाडिपट्टि पुगेका उनले घरको झ्यालमा प्रयोग हुने सिसाले आफ्नै पेटमा प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका राजेन्द्रलाई तत्काल गोल्डेन अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो । उपचारकै क्रममा शुक्रबार साँझ करिब ७ बजे उनको मृत्यु भएको हो । राजेन्द्रले यस्तो कदम किन चाले भन्ने विषय खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar