०९ श्रावण, काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र रुस इरानसँग जारी तनाव वा युद्धमा प्रत्यक्ष रूपमा संलग्न नहुने विश्वास व्यक्त गरेका छन्।
उनले दुवै देशले हस्तक्षेप गरे त्यसको गम्भीर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएका छन्। सामाजिक सञ्जालमार्फत ट्रम्पले हालै बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भएको भेटवार्ताको उल्लेख गर्दै, जुनसुकै परिस्थितिमा पनि इरानलाई हतियार उपलब्ध नगराउने आश्वासन आफूले पाएको बताएका छन्। उनका अनुसार यो प्रतिबद्धता चिनियाँ कम्पनीहरूमा पनि लागू हुनेछ। उनले लेखेका छन्, "मलाई सी जिनपिङमाथि विश्वास छ।" ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि इरानलाई हतियार बिक्री नगर्ने जानकारी दिएका छन्।
यता, चीनका विदेशमन्त्री वाङ यीले इरानी समकक्षी अब्बास अराघचीसँगको भेटमा इरानको सार्वभौमसत्ता, सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने प्रयासमा चीनको समर्थन रहने बताएका छन्। उनले पश्चिम एसियामा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै संवादमार्फत समाधान खोज्नुपर्नेमा जोड दिएका छन्। अराघचीले पनि इरान वार्ताका लागि तयार रहेको र द्वन्द्व चर्काउन नचाहेको बताएका छन्। ट्रम्पले अमेरिका र इरानबीच संवाद जारी रहेको उल्लेख गर्दै, इरान वार्तामा आउन चाहे आफू तयार रहेको बताए। तर, इरानलाई परमाणु हतियार विकास गर्न नदिने अमेरिकी नीति यथावत् रहने स्पष्ट पारे।
साथै, अमेरिकी कारबाहीबाट इरानको सैन्य क्षमतामा ठूलो क्षति पुगेको दाबी पनि उनले गरेका छन्।युक्रेन युद्धबारे बोल्दै ट्रम्पले पुटिनसँग आफ्नो संवाद निरन्तर रहेको बताए। अमेरिकाले युक्रेनलाई प्रत्यक्ष रूपमा हतियार बिक्री नगर्ने तर नेटो सदस्य राष्ट्रहरूलाई बिक्री गर्ने गरेको र त्यसपछि ती हतियार कहाँ र कसरी प्रयोग हुन्छन् भन्ने आफ्नो जिम्मेवारी नरहेको उनको भनाइ थियो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar