|  

धक्का खेप्नुपरेको छ, धुलो टकटक्याएर अघि बढ्नुपर्ने छः  माधव नेपाल

९ श्रावण, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अगाडि बढ्नुपर्ने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसका अवसरमा शनिवार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले कम्युनिष्ट आन्दोलनले वर्तमान समयमा केही धक्का खाएको स्वीकार गर्दै नयाँ शिराबाट अघि बढ्नुपर्ने बताएका हुन्।

‘सबै एकसेएक समर्पित योद्धाहरू त्यतिबेला सक्रिय रहेकाले नै कम्युनिष्ट आन्दोलन निरन्तर अगाडि बढ्न सफल भयो ।

आज हामी एउटा यस्तो अवस्थामा आइपुगेका छौं जहाँ केही धक्का अवश्य पनि खेप्नुपरेको छ,’ उनले भने, ‘तर घोडाबाट लडेपछि शरीरमा लागेको धुलो टकटक्याएर फेरि उठेर अघि बढेजस्तै, हामीले पनि यी कठिनाइहरूबाट पाठ सिक्दै नयाँ ऊर्जा, नयाँ संकल्प र नयाँ उत्साहका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’