९ श्रावण, काठमाडौं । प्रदेश सभाहरूमा पछिल्लो समय बजेट निर्माणमा देखिएका असमझदारी, बजेट विहीनताको अवस्था र अस्वस्थ राजनीतिक प्रतिस्पर्धा लगायतका समस्याहरूलाई समाधान गर्न नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच संयुक्त सरकार गठन गर्नेसम्बन्धी तीन बुँदे सहमति भएको छ।
जनताको चाहना अनुसार राजनीतिक स्थिरता, सुशासन, समृद्धि र प्रादेशिक विकासको गतिलाई तीव्र तुल्याउने उद्देश्यका साथ दुई राजनीतिक दलहरूबीच सहकार्य गर्ने औपचारिक निर्णय भएको हो। सहमति पत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गर्नुभएको छ।
सहमति अनुसार दुवै दलले देशका प्रदेश सभाहरूमा आपसमा सहकार्य गर्दै संयुक्त सरकार गठन गर्नेछन्। प्रदेश सरकारको नेतृत्व बाँडफाँडको विषयमा भएको सहमति अनुसार कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशको सरकारको नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गर्नेछ भने कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको सरकारको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने तय भएको छ।
यसैगरी, मधेश प्रदेश र गण्डकी प्रदेशमा सरकार गठन गर्ने सन्दर्भमा भने दुई दलले मात्र निर्णय नगरी प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श र छलफल गर्नेछन्। अन्य दलहरूसँगको परामर्शका आधारमा ती दुई प्रदेशमा सरकारको नेतृत्व र सहभागिताको अन्तिम स्वरूप तय गरिने सहमति पत्रमा उल्लेख छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar