|  

क्यास्पियन सागरमा इरानी जहाजमाथि युक्रेनको आक्रमण, १ नाविकको मृ#त्यु, १ घाइते

१० श्रावण,काठमाडौं ।  इरानले क्यास्पियन सागरमा आफ्नो एउटा व्यावसायिक जहाजमाथि युक्रेनले गरेको आक्रमणमा एक नाविकको मृत्यु भएको र अर्का एक जना घाइते भएको जनाएको छ ।

इरानको विदेश मन्त्रालयले शनिबार उक्त आक्रमणको कडा निन्दा गर्दै यसलाई राष्ट्रिय सुरक्षामाथिको आक्रमणको संज्ञा दिएको हो । आक्रमणपछि जहाजमा विस्फोट भएको थियो, जसमा एक नाविकको ज्यान गएको र अर्का एक जना घाइते भएका छन् ।

घटनापछि इरानले तेहरानस्थित युक्रेनका कार्यवाहक राजदूतलाई बोलाएर विरोधपत्र बुझाएको छ । तेहरानले उक्त घटनालाई शत्रुतापूर्ण र आपराधिक आक्रमण भन्दै आफ्नो राष्ट्रिय हित र सुरक्षाको रक्षा गर्ने स्पष्ट गरेको छ ।

युक्रेन–रुस युद्धका क्रममा रुसले इरानी डिजाइनका ड्रोन प्रयोग गर्दै आएको छ । त्यसको प्रतिरोध गर्दै आएको युक्रेनले इरानबाट आक्रमण झेलेका मध्यपूर्वका देशहरूलाई ड्रोन अवरोधसम्बन्धी आफ्नो अनुभव साझा गर्न प्रस्तावसमेत गरेको छ ।