|  

कपिलवस्तुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृ#त्यु

१० श्रावण,काठमाडौं । लुम्बिनी–तौलिहवा हुलाकी सडकखण्डअन्तर्गत कपिलवस्तुको सुद्धोधन गाउँपालिका–६ बिमिहा चोक नजिक शनिबार मध्यरातमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

तौलिहवादेखि भैरहवातर्फ जाँदै गरेको भे १ ख ४५५२ नम्बरको बसले विपरीत दिशातर्फ आउँदै गरेको लु प्र ०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइलाई तत्कालै सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा उपचारका लागि पुर्‍याइए पनि उनीहरूको मृत्यु भइसकेको थियो । बस चालक प्रहरी नियन्त्रणमा रहेका छन्।